निराहारी बाबा
(NIRAHRI BABA)
व्यक्तिगत विवरण
- जन्म मिति: २६ जनवरी, १९६५ (विक्रम संवत २०२१-१०-१३)
- जन्म स्थान: धरान उपमहानगरपालिका, वडा नं. १२, सुनसरी, नेपाल
- शैक्षिक योग्यता: स्नातक (वाणिज्य शास्त्र), नेपाल
- सेवा अनुभव: त्रिभुवन विश्वविद्यालयमा पदमा ३३ वर्ष सेवा प्रदान गरी प्रथम श्रेणी तहबाट स्वैच्छिक अवकाश प्राप्त
निराहारी बाबाका बारेमा
म महालक्ष्मी नगरपालिका–८, ललितपुर, नेपाल निवासी ६० वर्षका राजेन्द्र रेग्मी हुँ। मेरो शरीरमा सामान्य मानवभन्दा भिन्न अलौकिक (Divine Power) शक्ति वास गरेको छ। यो शक्ति मलाई भारतको उज्जैनस्थित महाकालका शिवभक्त भएको कारण प्राप्त भएको हो। मैले मेरो यो शरीर भस्म आरतीका लागि समर्पित गरेको थिएँ। ईश्वरको कृपाले मेरो शरीरमा केही विशेष शक्तिहरू प्राप्त भएका छन्, जुन विश्वका सामान्य मानवभन्दा भिन्न छन्।
जन्मपछि धेरै वर्ष बितिसकेपछि मात्र मलाई यस्तो सिद्धि प्राप्त भएको हो, जसको जानकारी केवल मलाई र यो प्रदान गर्ने ईश्वरलाई मात्र छ। विज्ञानको यस युगमा अध्यात्मलाई प्रमाणित तथा पुष्टि गर्ने कार्य वैज्ञानिक र चिकित्सकहरूको माध्यमबाट गर्न सकिन्छ। जीवनलाई अझ उत्तम बनाउन अध्यात्म र विज्ञान दुवैलाई सँगसँगै अगाडि बढाउनु आवश्यक छ।
भारतको DRDO ले ‘चुनहरी वाला बाबा’ (जो निराहारी, अर्थात् अन्न–जल बिना जीवित रहने व्यक्ति हुनुहुन्थ्याे) माथि अनुसन्धान गरेको थियो र उनको निराहारी अवस्थालाई प्रमाणित गरेको थियो। मेरो शरीरमा ‘चुनहरी वाला बाबा’ भन्दा पनि बढी अलौकिक शक्तिहरू विद्यमान छन्। नेपाल सरकारको मेडिकल बोर्ड, वीर अस्पतालले (सम्पूर्ण कागजातहरू वेबसाइटमा संलग्न छन्) लिखित रूपमा स्वीकार गरेको छ कि उनीहरूको अनुसन्धान क्षमता यस किसिमको परीक्षणका लागि पर्याप्त छैन। यस कारण म भारतकाे पटना गइ सरकारको अनुमति लिइ पूनः २० दिन निराहार ध्यान ब्रत बसि त्यहाँकाे मन्त्री ज्युले सिधै DRDO मा सिफारिस भएकाे विभिन्न संध संस्थाले समेत अनुसन्धानका लागि सिफारिस गरेकाे जानकारी गराउंदछु (सम्पूर्ण कागजातहरू वेबसाइटमा संलग्न छन्) । त्यसपछि AIIMS अस्पतालसमक्ष अनुसन्धानका लागि अपील गरेको थिए। AIIMS द्वारा मेरो शरीरमाथि अनुसन्धानको पहिलो चरणको प्रक्रिया (टेस्ट) सुरु भइसकेको थियाे। DRDO र AIIMS द्वारा अनुसन्धान गर्दिन नभनेकाे तर अनुसन्धान नगररेकाे कारण बुझ्दा म नेपाली रहेकाे र तत्कालिन नेपाल सरकारबाट पहल नभएकाे कारणले १९ महिना भारत बसि पूनः म नेपाल फर्केकाे र नेपाल सरकार समक्ष शरिर अनुसन्धानकाे लागि अपिल गरेका छाैं ।
निराहारी बाबाको शरीरका विशेषताहरू
टिप्पणी: मेरो शरीरका विशेषताहरू यस प्रकार छन् कि ईश्वरको कृपाबाट प्राप्त सिद्धिको कारण सूर्य र हावा मात्र मेरो आहार हुन् । विश्व मेडिकल साइन्सका लागि गरिएको अनुसन्धानपछि यो मानव शरीरका लागि लाभदायी रहेको देखिएको छ र भविष्यमा गरिने विभिन्न वैज्ञानिक परीक्षणका लागि उपयोगी साबित हुनेछ ।
म ३ वर्षदेखि अन्न, जल तथा फलफूल बिना नै जीवित छु । वैज्ञानिक दृष्टिकोणले यो असम्भव मानिन्छ । विज्ञान तथा गिनिज वर्ल्ड रेकर्डका अनुसार, पानी बिना मानव शरीर अधिकतम १८ दिनसम्म मात्र जीवित रहन सक्छ (जसको उदाहरण अस्ट्रियाका निवासी Andreas Mihavecz को घटनामा देखिएको छ) । तर म यस सीमाभन्दा धेरै लामो समयसम्म अन्न, पानी बिना नै जीवित छु ।
मैले प्रयोगका रूपमा दैनिक रूपमा अत्यधिक देखि अत्यधिक मात्रामा आयुर्वेदिक तथा एलोपेथिक औषधिहरू—जस्तै मधुमेह, रक्तचाप, एन्टिबायोटिक, पेरासिटामोल, दुखाइ कम गर्ने ब्रुफिन आदि—१००–२०० ट्याब्लेटसम्म पानी बिना सेवन गरेँ। तर त्यसपछि पनि मेरो शरीरमा कुनै नकारात्मक असर देखिएन र म पूर्ण रूपमा स्वस्थ नै रहेँ । यसरी मैले प्रमाणितका लागि प्रयाेग गरिरहेकाे छु ।
महत्त्वपूर्ण चेतावनी: कृपया कुनै पनि दर्शक वा पाठकले यस्तो प्रकारको प्रयोग नगर्नुहोस्। डाक्टरकाे सल्लाह बिना सामान्य व्यक्तिका लागि यो अत्यन्त घातक र ज्यानै जोखिममा पार्ने हुन सक्छ।
अन्न र पानी नखाए पनि मेरो शरीरमा पसिना, मूत्र (१००–५०० मि.ली. दैनिक) आदि सामान्य रूपमा उत्पादन हुन्छन्, जुन एक असामान्य र वैज्ञानिक दृष्टिले चुनौतीपूर्ण तथ्य हो ।
कुनै पनि आहार वा पानी नसेवन गरे पनि, मेरो शरीरमा सामान्य व्यक्तिको तुलनामा अत्याधिक बल र ऊर्जा विद्यमान रहन्छ।
जब म करिब ६०°C तातो पानी नग्न शरीरमा हाल्छु, तब टाउको (जलधारी)देखि खुट्टासम्म मलाई कुनै प्रकारको जलन वा असहजता महसुस हुँदैन, जुन सामान्य मानव अनुभवको विपरीत हो।
जहाँ सामान्य व्यक्तिले सूर्यलाई नाङ्गो आँखाले केही सेकेन्ड वा मिनेट मात्र हेर्न सक्छ, म सूर्यलाई धेरै घण्टासम्म सिधा नजरले हेर्न सक्छु—कुनै असुविधा वा आँखामा क्षति नपुगाई।
विभिन्न निराहारी साधनाबाट प्राप्त निष्कर्ष
१. काठमाडौँ (नेपाल) – २० दिने निराहारी साधना:
मैले सुन्दरीमाई मन्दिर, रूपसेटार, गोखर्नेश्वर, काठमाडौँ, नेपालमा सांसद, महापौर, मन्दिर समिति र स्थानीय नेतृत्वको निरीक्षणमा २० दिनसम्म CCTV क्यामेराको निगरानीमा निराहारी साधना गरेको थिएँ। यस अवधिमा मैले कुनै प्रकारको अन्न, जल वा फल ग्रहण गरेको थिएँन, साथै अत्यधिक मात्रामा औषधि सेवन गर्दा पनि मेरो शरीरमा कुनै नकारात्मक प्रभाव देखिएन। यस साधनाको CCTV हार्डडिस्क माननीय सांसद श्री संतोष चालीसेजीको संरक्षणमा सुरक्षित छ।
यस विषयको पुष्टि गर्न नेपाल मेडिकल बोर्ड, वीर अस्पतालमा देश–विदेशमा अनुसन्धानका लागि पत्राचार गरिएको थियो । वीर अस्पतालले आफ्नो अनुसन्धान असमर्थता र प्राविधिक क्षमताको सीमा स्वीकार गर्दै लिखित रूपमा अस्वीकार गरेको छ, जसको प्रमाण वेबसाइटमा संलग्न छ ।
२. पटना (भारत) – २१ दिने निराहारी साधना (०१ अगस्त २०२४ – २१ अगस्त २०२४):
मैले पटना, बिहारमा जिलाधिकारीको अनुमति पाएर अपराध विरोधी मोर्चा कार्यालय, कंकड़बागमा CCTV निगरानीमा २१ दिनसम्म अन्न र जल बिना साधना गरेको थिएँ ।
साधनाको सुरुका तेस्रो दिनदेखि अन्त्यसम्म जिलाधिकारीको निर्देशनअनुसार जयप्रभा अस्पतालका सरकारी चिकित्सकहरूको टोलीले मेरो चिकित्सकीय परीक्षण गरेको थियो ।
यस कार्यक्रममा पूर्वमन्त्री लगायत, अध्यक्ष धनवन्त सिंह राठौर (अपराध विरोधी मोर्चा), बुद्धि बहादुर भट्ट, पत्रकार अजय झा र अन्य गन्यमान्य व्यक्तिहरू उपस्थित हुनुहुन्थ्याे ।
२१ दिने निराहारी साधना पूर्ण गरेपछि मलाई गिनिज वर्ल्ड रेकर्डको सीमा पार गर्न निम्न माननीय व्यक्तिहरूद्वारा सम्मानित गरिएको थियो:
-
बिहार सरकारका माननीय उपमुख्यमन्त्री श्री विजय सिन्हा
-
माननीय विधानसभा अध्यक्ष श्री नन्द किशोर यादव
-
माननीय मन्त्री श्री जीवेश मिश्रा
-
माननीय मन्त्री श्री अशोक चौधरी
-
हिन्दी साहित्य सम्मेलनका अध्यक्ष डा. अनिल सुलभ (जसले हृदय नारायण जयन्तीमा सम्मानित गरेका थिए)
सवै प्रमाण, अखबारका कटिङ्स र डिजिटल मिडिया कवरेज वेबसाइटमा उपलब्ध छन् ।
३.भारत सरकारका लागि अनुसन्धान प्रस्तुतिहरू:
मैले मेरो शरीरको असाधारण क्षमताको वैज्ञानिक पुष्टि गर्न प्रधानमन्त्री कार्यालय (PMO), रक्षा मन्त्री, केन्द्रीय स्वास्थ्य मन्त्री, DRDO र AIIMS दिल्लीलाई सबै प्रमाण सहित शारीरिक अनुसन्धानका लागि लिखित अपील प्रस्तुत गरेको छु ।
AIIMS दिल्लीले मेरो अपील स्वीकार गरी शरीरकाे प्रथम चरणकाे ल्याब टेस्ट गरेकाे तर शरिर अनुसन्धानको लागि बिदेशी नागरिक भएकाे कारणले पहल नगरेको ।
यससँग सम्बन्धित सबै प्रमाण वेबसाइटमा संलग्न छन्।


